दफा ६१९
लिजमा लिएको वस्तु फिर्ता गर्नु पर्ने

(१) लिज करारमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै कारणले लिज करार अन्त्य भएमा लिज प्राप्तकर्ताले यस परिच्छेद बमोजिमलिजमा लिएको वस्तु त्यसरी करार अन्त्य भएको पैँतीस दिनभित्र लिजदातालाई बुझाउनु पर्नेछ ।तर अचल सम्पत्ति भएलिज करार अन्त्य भएको पैँतीस दिनपछि सो वस्तुमा लिजदाताको स्वतः भोगचलनको हक कायम भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम लिजमा लिएको वस्तु लिज प्राप्तकर्ताले जुन हालतमा लिजमा लिँदाका बखत प्राप्त गरेको थियो सोहीहालतमा लिज दातालाई फिर्ता गर्नु पर्नेछ ।तर वस्तुको भोगचलन वा प्रयोग गर्दा स्वाभाविक रूपमा खिइएको वाह्रास भएकोमा त्यस उपर लिजप्राप्तकर्ता जिम्मेवार हुने छैन ।
(३) कुनै वस्तु लिजमा लिँदाका बखत लिजमा लिएका वस्तु वा त्यसका सहायक वस्तु र पाटपूर्जाको लगत खडा भएको रहेछ भनेउपदफा (१) वा (२) बमोजिम लिजमा लिएको वस्तु फिर्ता बुझाउँदा सोही लगत अनुसारको वस्तु वा त्यसका सहायक वस्तु तथापाटपूर्जा समेत फिर्ता बुझाउनु पर्नेछ ।तर त्यस्तो वस्तुको प्रकृति अनुसार भोगचलन गर्दा नष्ट वा विनाश हुनेवा उपभोग हुने सहायक वा पाटपूर्जा वस्तु फिर्ता बुझाउनु पर्ने छैन ।